कर्मचारीको २ करोड ४२ लाख बराबरको कोभिड बिमा

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

नारायणी पेट्रोलियम बिक्रेता संघले आफ्ना कर्मचारीको २ करोड ४२ लाख रुपियाँ बराबरको कोभिड–१९ बिमा गरको छ ।

नारायणी पेट्रोलियम बिक्रेता संघआबद्ध मकवानपुरका ३५ वटा पेट्रोल पम्पमा कार्यरत् २ सय ४२ कर्मचारीको प्रतिव्यक्ति १ लाखको बिमा गरिएको संघ अध्यक्ष उत्सव इटेनीले बताउनुभयो ।

अध्यक्ष इटेनीले जोखिम उच्च हुन थालेपछि कर्मचारीहरुको बिमा गरिएको बताउनुभयो । संक्रमणबाट केही भए उनीहरुलाई केही राहत मिल्ने भन्दै कर्मचारीहरुको बिमा गरिएको उहाँले बताउनुभयो । मंगलबार पोलिसी रकम हस्तान्तरण गर्दै अध्यक्ष इटेनीले समयमै बिमाबारे सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

पछिल्लो समय नेपालमा कोरोना भाइरस सक्रमणको जोखिम उच्च बन्दै गएपछि विभिन्न संघसंस्थाले कर्मचारीहरुको बिमा गर्ने क्रम बढिरहँदा कोरोना भाइरसलाई मध्यनजर गदै कोभिड–१९ नामक पोलिसी बजारमा ल्याइएका छन् ।