भारतीय सेना प्रमुखलाई प्रधानमन्त्री ओलीको जवाफः ‘उक्साहट र निर्देशनमा चल्दैनौ’

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवानेलाई नेपाल कसैको उक्साहट र निर्देशनमा नचल्ने जवाफ दिनुभएको छ । उहाँले नेपाल कहिल्यै गुलामीमा नचलेकाले कुनै विषयमा अरूको उक्साहट र दबाबमा नचल्ने जवाफ फर्काउनुभएको हो ।

सरकारले संसदमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममा प्रतिनिधि सभाका सांसदहरूले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालले कहिल्यै दासत्व नस्वीकारेले लिपुलेक विवादमा पनि कसैको उक्साहटमा नचलेको बताउनुभयो । यसअघि भारतीय प्रधानसेनापति नरवानेले चीनलाई संकेत गर्दै कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले जनाएको आपत्ति अरू कसैको निर्देशनमा भएको आरोप लगाएका थिए।

सांसदहरुले भारतीय सेना प्रमुखको बारेमा सरकारको धारणा माग गरेपछि प्रधानमन्त्री ओलीले भन्नुभयो,‘हामी समान सार्वभौमसत्तामा विश्वास गर्छौं। कसैको दबाब, उक्साहट र निर्देशनमा चल्दैनौं ।’