जनकपुरधामस्थित सडकमा नवजात शिशुको शव भेटियो

0
Shares

न्युज अफ नेपाल, जनकपुर ।

जनकपुरधाम उपमहानगरपालिकाको अस्पताल क्षेत्रको सडकमा मंगलबार नवजात शिशुको शव भेटिएको छ ।

कागजको बक्समा राखीको अवस्थामा शिशुको शव भेटिएको हो । उक्त बक्स कसले राखेको हो भन्नेबारे खुलेको छैन ।

यस घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।