संसदमा जवाफ दिँदादिँदै प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसधा संसदको बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाह्रो भएको छ ।

बोल्दा बोल्दै गाह्रो भएपछि प्रधानमन्त्री ओलीले अर्को कुर्सीको व्यवस्था गर्न सभामुख अग्नी सापकोटालाई आग्रह गर्नुभएको थियो । लगत्तै सभामुख सापकोटाले संसदका महासचिव डा. भरत गौतमलाई कुर्सीको व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । संसद सचिवालयका कर्मचारीहरुले केही बेर अलमलमा परेका थिए । कर्मचारीहरुले प्रधानमन्त्रीले सम्बोधन गरिरहेको रोस्टममै थप कुर्सीको व्यवस्था गरेका थिए । तर प्रधानमन्त्री ओलीले कुर्सीमै बसेर पुनः जवाफ दिनुभएको थियो । प्रधानमन्त्री ओलीले आफ्ना् शल्यक्रियाका कारण खुट्टामा समस्या भएकाले उभिन गाह्रो भएको बताउनुभएको थियो ।

सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको नियन्त्रणका लागि सरकारले चालेका कदम सफल रहेको दाबी गर्दै नीति तथा कार्यक्रम पनि कोरोनाको प्रभावमा केन्द्रीत भएको जवाफ दिनुभएको छ ।