भारतबाट आएको भाइरस कडा देखियो : प्रधानमन्त्री ओली

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य मुलुक भन्दा भारतबाट आएकामा कडा खालको कोरोना भाइरस देखापरेको बताएका छन् । मंगलबार प्रतिधिनिधि र राष्ट्रियसभालाई सम्बोधन गर्दै ओलीले कोरोना संक्रमित हुनेमा भारतबाट आएकाको संख्या धेरै रहेको बताए ।

‘हाम्रो प्रयास नेपालमा कोही पनि कोरोनाबाट ज्यान जानु नपरोस् भन्ने प्रयास असफल भएको छ’, ओलीले भने, ‘सरकारले उच्च सतर्कता अपनाउँछ । सकेसम्म बढी परीक्षण गर्ने । क्वारेन्टाइनमालाई अझ प्रभावकारी बढाउने काम हुँदैछ । अधिकांश बाहिरबाट आउनेले नै कोरोना सार्ने हो ।’

ओलीले भने, ‘भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमितको संख्या बढी रहेको छ । उहान, दुबईबाट आएका नरम नै थियो । भारतबाट आएको अलिक कडा भाइरस देखियो ।’