कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै देवकोटाले संक्रमितमध्ये २९८ जना पुरुष र ५९ महिला रहेको बताएका छन् ।

बाँकेमा ४६ पुरुष र एक महिला, मोरङमा एक पुरुष, भैरहवामा गुल्मीका ४१ वर्षीय पुरुष र धुलिखेल अस्पतालमा रहेका चारजनामध्ये धनुषाका, रौतहट, दाङ र धादिङका एक /एक जना पुरुष नयाँ संक्रमित रहेका छन् ।

हालसम्म ३६ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने २ जनाको मृत्यू भइसकेको छ ।