बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, नेपालगञ्ज ।

बाँकेमा थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको १९० जनाको परीक्षणमा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित ४७ जनामा ४६ पुरुष र एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५१ पुगेको छ ।