पर्वतका छ स्थानीय तहमा १५ शैयाको अस्पताल

0
Shares

न्युज अफ नेपाल, पर्वत । 

एउटा स्थानिय तहमा १५ शैयाको अस्पताल बनाउने सरकारी अभियान अन्र्तगत पर्वत जिल्लाका छ वटा स्थानिय तहमा १५ शैयाको अस्पताल बन्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्वतका दुई प्राथमिक स्वास्थ्य केन्द्र र चार स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पतालको रुपमा स्तरउन्नती गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले पछिल्लो पटक पर्वतको जलजला गाउँपालिका स्थित माझफाँट स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पतालको रुपमा स्तरोउन्नती गर्ने निर्णय गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पहलमा माझफाँट स्वास्थ्य चौकी लाई १५ शैयाको अस्पतालको रुपमा स्तरोउन्नती गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल९रामकृष्ण०ले जानकारी दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाकै पहलमा गृह जिल्ला पर्वतका कुस्मा नगरपालिका स्थित ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्र र तीन स्वास्थ्य चौकीलाई स्तरउन्नती गरि १५ शैयाको अस्पताल बनाउने निर्णय भएको थियो । मन्त्रालयले गएको फागुनमा पर्वतको फलेबास नगरपालिकाको देबिस्थान स्वास्थ्य चौकी, मोदी गाउँपालिकाको देउपुर स्वास्थ्य चौकी र पैंयु गाउँपालिकाको हुवास स्वास्थ्य चौकीलाई पनि अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय भएको छ । पर्वतको महाशिला गाउँपालिका स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्र गत बर्ष नै अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय भैसकेको थियो ।

बिहादी गाउँपालिकामा रहेको स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा बिकास गर्ने निर्णय भैसकेको छैन । उक्त पालिकाको स्वास्थ्य चौकी पनि अस्पतालको रुपमा स्तरोउन्नती हुने प्रकृयामा रहेको बताइएको छ । यस वर्षका लागी स्तरोन्नती गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य मन्त्रालयको सहरी विकास मन्त्रालयलाई पठाएको छ ।

पर्वतको कुस्मास्थित पर्वत अस्पताल लामो समय देखि १५ शैयाको अस्पतालको रुपमा सञ्चालनमा आएपनि यसलाई ५० शैयाको अस्पतालको रुपमा बिकास गर्न भवन निर्माण कार्य भैरहेको छ।