क्वारेन्टाइनमा खटाइएका भान्से नै भागेपछि…

0
Shares

यमलाल भुसाल, बुटवल ।

क्वारेन्टाइनमा रहेकाहरुको खानपिनको ब्यवस्थापनमा राखिएका कामदार भागे पछि रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव क्वारेन्टाइनमा बस्नहरुका लागि आफै खाना पकाएका खुवाउन थालेका छन् ।

तत्कालको लागी केही ब्यवस्था नभए पछि गाउँपालिका अध्यक्ष, रोहिणी गाउँपालिकाका जनप्रतिनिधि र धकधईका स्थानिय समाजसेवी मिलेर क्वारेन्टाइनमा बस्नेहरुका लागी खाना पकाएका हुन् ।

रोहिणी गाउँपालिकाको धकधईमा रहेको रामनरेश माध्यमिक बिद्यालयमा रहेका ६० जनाको लागी खाना पकाउन कामदार नै राखिएको थियो । तर क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको माग अनुसार खाना कामदारहरुले बनाउन नसके पछि उनिहरु रिसाएर आईतबार राती नै फर्किएका थिए ।

क्वारेन्टाइनमा बस्नेहरुले दैनिक रुपमा आफ्नो रुचि अनुसारको भोजन खाना पाउनु पर्ने माग राख्दै आएका थिए । सामुहिक मेसको रुपमा खाना खुवाईदै आए पनि क्वारेन्टाईनमा बस्नेहरुको धेरै थरि कुरा आए पछि कामदारहरु रिसाएर भागेको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताउनु भयो ।

आईतबार नै कामदार भागे पछि क्वोन्टाईनमा रहेकालाई खाना खुवाउनेको समस्या देखिएको उहाँको भनाई रहेको छ । उनिहरुलाई खाना खुवाउन आफै खाना बनाउन अघि सरेका गाउँपालिका अध्यक्षलाई गाउँपालिका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डे, धकधईका अगुवा बिद्या यादव र जुद्ध बहादुर चौधरीले साथ दिएका छन । गाउँपालिकाका कार्यालय सहयोगी गंगा लोनियालाई मुख्य भान्से बनाई यो टोलीले क्वारेन्टाईमा रहेका ६० जनाको लागी मासु भात पकाएर खुवाएको छ ।

उहाँले क्वारेन्टाईनमा बस्नेहरुले पनि अहिले महामारीको समयमा भने अनुसारको कसैले पनि गर्न नसक्ने भन्ने बुझ्न जरुरी रहेको बताउनु भयो । “यस्तो अवस्थामा सबै थोक पु¥याउन सकिदैन त्यो बुझ्न आवश्यक छ” ।

तत्कालको लागी आफैले खाना पकाएर खुवाए पनि सधै त्यो सम्भव नरहेकोले त्यसको ब्यवस्थापन गर्न लागेको उहाँले बताउनु भयो ।
सामान्यतया क्वारेन्टाईनमा बस्नेलाई भने पछि खाना पकाउने कामदारहरु नमानेको गाउँपालिकाका प्रवक्ता सरोज कुमार पाण्डेले बताउनु भयोे । अहिले ब्यवस्थापन नहुदा सम्म २ नम्बर वडाका कार्यालय सहयोगी गंगा लोनियाले नै खाना पकाउने जिम्मा दिईएको छ ।

कामदारको ब्यवस्था भए पनि लोनियाकै रेखदेखमा खानाको ब्यवस्थापन गरिने पाण्डेले बताउनु भयो ।