बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवक कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल, बाँके ।

बाँकेको क्वारेन्टाइनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवक कोरोना संक्रमित भएको खुलेको छ ।भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकको रिपोर्ट पोजेटिभ आएको हो ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि गत बिहीबार सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।आइतबार मृत्यु भएका युवक गत बैशाख ३० गते भारतबाट फर्किएका थिए ।