लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषदमा लैजाने तयारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ ।

भूमि व्यवस्थामन्त्री पदमा अर्यालले मन्त्रिपरिषदमा नयाँ नक्सासहितको प्रस्ताव लैजाने तयारी गरेकी छन् । नापी विभागले तयार पारेको नयाँ नक्सा बैठकमा लगेर छलफल गरेपछि मात्र पारित हुनेछ । हाल प्रचलनमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा छैन ।