स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने कार्की पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नागढुंगामा प्रदेश-३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरिका उत्तम कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो । पक्राउ परेका कार्कीविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ।

शुक्रबार नागढुंगा नाकाबाट काठमाडौं आउँदै गरेका प्रदेश-३ का जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायण कार्कीको गाडीलाई रोकेर एक समूहले सोधपुछ गरेको थियो । निर्देशक कार्कीले परिचयपत्र देखाए पनि उनीहरुले कार्कीको झोलासमेत खानतलासी गरेका थिए । उक्त मसूहले खिचेको भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो । यसपछि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कार्कीमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको थियो ।

निर्देशक कार्कीमाथि दुर्व्यवहार गर्ने उत्तम कार्कीले सामाजिक सञ्जालमा ,शुक्रबार काठमाडौं छिर्ने नाकामा स्वस्थ्यकर्मीको झोला हेर्न खोज्नु मेरो गल्ती हो, उनले आफ्नो फेसबुकमा लेखेका छन्, म स्वीकार गर्छु। त्यसैले त्यस घटनाप्रति म क्षमाप्रार्थी छु।’ लेख्दै माफी मागेका छन् ।