नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार धनुषामा दुई जना कोरोना संक्रमित थपिएका हुन् । धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ ।