थप दुई जनामा कोरोना संक्रमण पुष्टि,नेपालभर संक्रमितको संख्या २७८ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं। पुनः २ जना कोरोना संक्रमित थपिदा शनिबार नेपालमा एकै दिन ११ जना कोरोना संक्रमित थपिएका छन् ।शनिबार विहान मात्र ९ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दिउँसो पुनः अन्य २ जनामा पनि यस्को पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा महोत्तरीका ५२ बर्षीय र काभ्रेका २६ बर्षीय पुरुष रहेका छन् ।पछिल्लो थपिएकासहित नेपालका कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले हालसम्म नेपालमा पीसीआर विधिबाट २६ हजार ६ सय ९१ जना र आरडीटी विधिबाट ६५ हजार ७ सय ४९ जनाको गरी कुल ९२ हजार ४ सय ४० जनाको परीक्षण भइसकेको जानकारी दिनुभयो । उहाँले आइसोलेसनमा रहने संख्या ३ सय २० रहेको र क्वारेन्टाइनमा रहनेको संख्या १६ हजार ३ सय ६६ रहेको जानकारी समेत दिनुभयो ।