भक्तपुरमा पनि दुई जनामा आरडीटी ‘पोजिटिभ’

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

भक्तपुरको सल्लाघारी र पाण्डुबजारमा बस्ने दुई जना पुरुषमा द्रूत विधि परीक्षण (आरडीटी) मा कोराना भाइरस पोजिटिभ देखिएको छ । कोरोना परिक्षणमा आरडीटी पोजेटिभ देखिएपछि दुवै बस्तीमा प्रहरीले निगरानी बढाएको छ ।

भक्तपुर नगरपालिका १ सल्लाघारी बस्दै आएका एक मिनी ट्रक चालकको द्रूत विधि परीक्षण (आरडीटी) मा कोराना भाइरस पोजिटिभ देखिएको छ । रामेछाप स्थायी घर भएका उनी भक्तपुरमा रहेका विभिन्न गोदामबाट सामान ढुवानी गर्ने मिनिट्रकका चालक रहेको भक्तपुर प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रमा शनिबार बिहान गरिएको आरडीटी परीक्षणको ती चालकको कोरोना भाइरस पोजिटिभ देखिएको बताउनुभयो ।अर्का काठमाडौमा सफाई मजदुरी गर्दै आएका सूर्र्यिवनायक नगरपालिका पाण्डुबजारमा बस्ने एक जनामा पनि आरडीटी परिक्षण पोजेटिभ देखिएको हो ।

उनी काठमाडौं महानरपालिकाको वातावरण व्यवस्थापन विभाग मातहत कार्यरत उनको पनि पीसीआर बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको हो।दुबै जना हाल पीसीआर परीक्षणको लागि टेकु अस्पतालमा रहेका छन् ।उनीहरुको पीसीआर परीक्षणको रिपोर्ट भने आउन बाँकी रहेको छ ।