उदयपुरका पत्रकारलाई पनि कोरोना सङ्क्रमण पुष्टि

0
Shares

विराटनगर ।

प्रदेश नं १ मा एकजना पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ । उहाँलाई आजै कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ ।उहाँको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उदयपुर जिल्लाबाट करिब अढाइ वर्षदेखि काठमाडौँबाट प्रसारण हुने टेलभिजनमा कार्यरत पत्रकारलाई स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिएको नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिनुभयो ।

उदयपुरको भुल्केमा केही दिन पहिले देखिएको कोरोना सङ्क्रमितको समाचार सङ्कलन गर्न उहाँ स्थलगत रिपोर्टिङ गर्नुभएको थियो । उदयपुरमा २६ जना पत्रकारको स्वाब परीक्षण गरिएको छ भने आजदेखि मोरङ र झापाका पत्रकारको पनि स्वाब परीक्षण हुने अध्यक्ष लुइँटेलले जानकारी दिनुभयो ।