दाङमा भेटिएका कोरोना संक्रमित शिक्षण अस्पतालका कर्मचारी नभएको पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम खड्काले हालसम्म त्रिवि शिक्षण अस्पतालका कोही पनि चिकित्सक, नर्स र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि नभएको बताएका छन् ।

डा. खड्काले शुक्रबार संक्रमण पुष्टि भएका दाङका ३४ वर्षे युवा अस्पतालको कर्मचारी भएको भन्दै अफवा फैलाइएको जनाएका छन् । अस्पतालमा संक्रमित भनिएका व्यक्तिको थर भएका कोही पनि चिकत्सिक नरहेको उनले बताए ।