थप ६ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या २७३

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा थप ६ जना कोरोना संक्रमित भेटिएका छन् ।

बर्दिया नार्खु ११ की २८ वषकी महिला, सिराहा सखुवा १९ का ३० वर्षका पुरुष, विरगन्जका नगरपालिका १२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगर ४ की १८ वर्षकी युवती र चितवन गढौली १ की २५ वर्षकी युवतीमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।