कोरोना अपडेट : विश्वभर तीन लाख ८ हजार ६११ को मृत्यु, ४६ लाख २६ हजार ६३८ संक्रमित

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण विश्वभर तीन लाख ८ हजार ६११ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका ४६ लाख २६ हजार ६३८ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, १७ लाख ५७ हजार २९७ जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा ८८ हजार ५०७ जनाको मृत्यु भएको छ भने १४ लाख ८४ हजार २८५ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो बेलायत जहाँ ३३ हजार ९९८ जनाको मृत्यु भइसकेको छ भने २ लाख ३६ हजार ७११ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

यस्तै, इटलीमा ३१ हजार ६१०, स्पेनमा २७ हजार ४५९, फ्रान्समा २७ हजार ५२९, इरानमा ६ हजार ९०२, बेल्जीयममा ८ हजार ९५९, जर्मनीमा ८ हजार १, नेदरल्याण्डमा ५ हजार ६४३, टर्कीमा ४ हजार ५५, स्वीजरल्याण्डमा १ हजार ८७८, ब्राजिलमा १४ हजार ९६२ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा २६७ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन ।