दाङमा भेटिएका एक कोरोना संक्रमित शिक्षण अस्पतालका स्वास्थ्यकर्मी

0
Shares

न्युज अफ नेपाल, दाङ ।

दाङमा भेटिएका तीन जना कोरोना संक्रमितमध्ये एक जना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ ।

तुलसीपुर उपमहानगरपालिका ७ का ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेका छन् । यसअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

दाङमा भेटिएका अन्य दुई जना संक्रमितभने भारतबाट घर फर्कने क्रममा कपिलवस्तुको कृष्णनगर क्वारेन्टाइनमा बसेको खुलेको छ । उनीहरु कृष्णनगरबाट गढवा उद्योग वाणिज्य संघको एम्बुलेन्सबाट गढवा पुगेर जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।