युवाद्वारा व्यक्तिगत लगानीमा नर्सरी स्थापना

0
Shares

बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट भेरी नगरपालिका ४ बोहराका एक युवाले २५ रोपनी जग्गामा नर्सरी स्थापना गरेका छन् । जाजरकोट जिल्लामै रोजगारी सिर्जना गर्ने उद्धेश्यले आफनो बाँझो जमिनमा व्यक्तिगत लगानीमा केरा,अंगुर, लगाएत अन्य फलफुलका विरुवा काठ जातका पौलानियम, लिप्टीस, सिसौका विरुवाको नर्सरी स्थापना गरेका छन ।

भेरी नगरपालिका ४ बोहोरा मुलपानी जाजरकोटका राज वहादुर शाहीले २५ रोपनी जमिनमा नर्सरी स्थापना गर्नु भएको छ । १५ रोपनी जमिनमा वन यग्रो फ्ररेस्टी काठ जात, ५ रोपनीमा विडालु, अधुवा वेसार खेती गर्नु भएको छ । गाउँमै रोजगारीको सिर्जन गर्ने उद्धेश्यले दुई जना कर्मचारीलाई नर्सरी हेरचाह गर्न मासिक १५ हजार दिने गरि राखेको वताउनु भयो ।

जाजरकोट सदरमुकामको बोहोरा मुलपानीमा स्थापना गरेको नर्सरीमा पौलानियमका विरुवा १० हजार, लिप्टीसका विरुवा ५ हजार, सिसौका ३ हजार विरुवा रहेका छन् । नर्सरीसगै अंगुर, केरा, आँप लगाएत फलफुल खेती गरिएको छ । घर सजावटको लागी होम गार्डेनमा प्रयोग हुने २ हजार जति लालुपाते, गुलाबका विरुवाहरु सहितको नर्सरी स्थापना गर्नु भएको छ । नर्सरी स्थापनासगै १० रोपनी जमिनमा प्याज,धनिया, लसुन, खेती व्यक्तिगत लगानीमा शुरु गरेको शाहीले वताउनु भयो ।

विगत दश वर्ष देखि नर्सरी स्थापनाको लागी योजना वनाउदै आएको हु नर्सरी स्थापना गर्न सफल भएको छु शाहीले भन्नु भयो । नर्सरीको हेरचाह गर्न दुई जना कर्मचारीलाई मासिक १५ हजार दिने गरि राखेको छु कसरी दिने भन्ने चिन्ता लागेको छ । नेपाल सरकारवाट उपलव्ध हुने सहयोग पाउनको लागी सम्वन्धित कार्यालयमा सम्पर्क गर्दा पाउन नसकेको गुनासो गर्नु भयो । कुनै पनि काम पावर र पहुँचकै आधारमा हुदो रहेछ । आफनै लगानीमा कार्यक्रम संचालन गरेर नेपाल सरकारवाट आउने सहयोग पाउन आफुले धेरै पटक कार्यालयमा धाउदाँ पनि पहुच पावरनभएका कारण सहयोग पाउन सकिएन शाहीले भन्नु भयो । आसा कार्यक्रमको १४ हजार वाहेका अन्य सरकारी कार्यालयबाट नर्सरीको लागी सहयोग नपाएको गुनासो गर्नु भयो ।

विरुवा काटँ छाट गर्ने भई सकेकाले सामाग्रीको आबश्यकतालाई परिपुर्ति गरी समय समयमा सम्वन्धित निकायले अनुगमण मुल्याकण गरी प्राविधिक सल्लाह सुझाव दिन आग्रह गर्नु भयो । विरुवा जमाउदाँ माटो मसिनो चाहिने भएकोले माटो मसिनो वनाउन आफैले सरल यन्त्र मेशिन निर्माण गरी नर्सरीको लागी विरुवा जमाउने गरेको वताउनु भयो । पानीको ठुलो समस्या भएकोले खेतीपाति गर्दा समस्या हुने गरेको छ ।

त्यस्तै प्रदिप जंग शाहले मुलपानीमा रहेको आफनो ३१ रोपनी जमिन लिप्टीस, लिच्ची, आँप, केरा लगाएत काठ जातका विरुवाहरुको नर्सरी स्थापना गर्नु भएको छ । आगामी १० वर्ष पछि लाखौ रुपैया आम्दानी गर्ने गरि कार्यक्रम शुरु गरेको वताउनु भयो ।