२८ पत्रकारको कोरोना परीक्षण

0
Shares

न्युज अफ नेपाल, भक्तपुर ।

मध्यपुरथिमि नगरपालिकाले भक्तपुरमा कार्य क्षेत्रमा सकृय पत्रकारहरुको कोरोना परीक्षण गरेको छ । नगरपालिकाद्धारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमिमा आज भक्तपुरका २८ जना पत्रकारको स्वाब संकलन गरिएको हो ।

अस्पतालले कोरोना परीक्षणका लागि स्थापना गरेको ‘पोलिमराइज चेन रिएक्सन’ मेशिन सहितको ल्याबमा स्वाब परीक्षण गर्ने मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

भक्तपुरमा पनि कोरोना संक्रमित देखा परेपछि अग्रपंक्तिमा रहेर कामगर्ने पत्रकारहरुको समेत जोखिम बढ्दो अवस्थालाई मध्यनजर गर्दै स्वाब परिक्षण गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्कर राज बुढाथोकीले बताउनुभयो ।

नगरपालिकाका प्रमुख एवं अस्पतालका अध्यक्ष श्रेष्ठले कोरोनाको जोखिम बढ्दो अवस्थामा देखिएपछि प्रत्यक्ष फिल्डमा गएर कामगर्ने पत्रकारहरुको स्वास्थ्यलाई ध्यान दिँदै उनीहरुको स्वाब परिक्षण गरिएको बताउनुभयो ।

उहँले फिल्डमा काम गर्र्दा बढ्दो जोखिमका कारण पत्रकारले समेत मानसिक त्रास बोक्नु पर्ने भएकाले सो अन्त्य र आफ्नो स्वास्थ्यकाबारे जानकारी लिन समेत सहज हुने भएकोले आज भक्तपुरमा कर्म थलो बनाएर काम गरिरहेका पत्रकारहरुको स्वाब परिक्षण गरिएको बताउनुभयो ।

स्वाब परिक्षण गराउन आएका पत्रकारहरुले समेत यसरी मध्यपुर नगरपालिकाद्व्रारा सञ्चालनमा रहेको अस्पतालले पत्रकारहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वाब परिक्षण गर्ने काम जुन गर्यो त्यो सकारात्मक भएको बताए ।

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष बुढाथोकी र भक्तपुरका पत्रकारका लागि सुरक्षाका सामाग्रीहरु आवश्यक भएकाले त्यस्ता सामाग्री उपलब्ध गराउन सरकारसंग माग गर्नुभयो ।