लडाउन कडाइ गर्न सर्वदलीय संयन्त्र र नगर प्रहरी गठनको माग

0
Shares

यमलाल भुसाल, बुटवल ।

रुपन्देहीको कञ्चन गाउपालिकामा क्रियाशिल बिभिन्न राजनैतिक दलका प्रतिनीधिहरुको सर्बदलिय बैठकले कञ्चनमा लागु गरिएको लकडाउनलाई पुर्ण रुपमा पालना गर्न गराउन गाउपालिकालाई शिल गर्नु पर्ने सुझाव दिने निर्णय गरेका छन ।

कञ्चन गाउपालिकामा कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सुरक्षा प्रशासनले मात्र सम्भव नभएकोले नगर प्रहरीको ब्यबस्था गरी कञ्चनमा प्रबेश गर्ने हरेक नाकाहरुमा सुरक्षा ब्यबस्था गर्नु पर्ने भएको छ ।

यसैगरी गाउपालिकाका बिभिन्न स्थानहरुमा मानिसहरु जम्मा भई मादक पदार्थ सेवन गर्ने अनधिकृत मानिसहरुको आवत जावतमा कुनै पनि कमी नआएकोले गाउपालिकालाई ती कार्यहरुमा कडाइका साथ रोक लगाउन बिशेष सयन्त्र निर्माण र नगर प्रहरीको ब्यबस्था गरी नियन्त्रण गर्न लगाउने निर्णय बैठकले गरेको छ ।

छिमेकी गाउपालिका गैडहवामा एकै घरका ९ जना र अन्य १ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएकोले कञ्चन गाउपालिका पनि कोरोना संक्रमणको जोखिम उन्मुख रहेको ठहर गर्दै कञ्चन गाउपालिकालाई पुर्णरुपमा शिल गर्नु पर्ने सुझाव सहित गाउपालिकामा ज्ञापनपत्र बुझाउने सर्बदलिय बैठकले निर्णय गरेको हो ।

यस्तै कोरोना भाइरस नियन्त्रणका लागि गाउपालिका स्तरिय सर्बदलिय कोरोना भाइसर रोकथाम तथा नियन्त्रण संयन्त्र गठन गर्नु पर्ने निर्णय पनि गरेको छ ।

बैठकले हरेक वडामा छिमेकी देश भारत लगायत तेश्रो मुलुकबाट आउने ब्यक्तिहरुको खोजतलास गरी उनिहरुलाई क्वारेन्टाइनमा राख्नु पर्ने र बिषम परिस्थितीको समाधान र न्युनिकरणको लागि सर्बदलिय बैठक मार्फत छलफल र समन्वय गर्नको लागि गाउपालिकामा अनुरोध गर्ने ठकले निर्णय गरेको छ ।

गाउपालिका बाहिरबाट काम गर्न आउने ज्यालादारी कामदार सम्बन्धित ठेकेदार मार्फत गाउपालिकामा प्रबेश नगराउन र कुनैपनि कामकाजमा संलग्न नगराउन अनुरोध गर्दै गाउपालिका भन्दा बाहिरबाट कुनैपनि तरकारीजन्य बस्तुहरुको बिक्री बितरणमा रोक लगाउन गाउपालिका र छिमेकी गाउपालिकालाई समेत अनुरोध गर्ने निर्णय भएको छ ।

नेकपा कञ्चन गाउँ कार्य समितिका अध्यक्ष भरतमणी सापकोटाको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा नेकपा कञ्चन गाउँ कार्य समितिका बिनोद कुमार पुन नेपाली कांग्रेसका यम बहादुर क्षेत्री र गंगा बहादुर थापा ,नेकपा माओबादी क्रान्तीकारीका गिर बहादुर थापा, र जित बहादुर क्षेत्री ,राष्ट्रिय जनमोर्चाका लिलाराम खनाल र कोष प्रसाद पौडेल,राष्ट्रिय जनमुक्ति पार्टीका रुम बहादुर फौजा र कृष्ण बहादुर फौजा, जनता समाजबादीका सोमनाथ पौडेलको सहभागिता रहेको थियो ।