पुष्कर बुढाथोकी, भक्तपुर ।
सुर्यबिनायकन गरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट प्रत्यासी रहनु भएका समाजसेवी बिष्णुराज कार्कीले अस्पताल,स्वास्थ्य संस्था ,प्रहरी प्रभाग र पत्रकार महासंघ भक्तपुर जिल्ला शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्नुभएको छ ।
ती कार्यालयमै गएर कार्यालय प्रमुखहरुलाई करिब १३ सय माक्स,५ सय थानपञ्जा,३ थान पीपीई र ५ थान सेनिटाईजर प्रदान गरिएको कार्कीले बताउनुभयो ।
कार्कीले सुर्यबिनायक अस्पताललाई ३ थान पीपीई,५ सय पिस माक्स र एक थान सेनिटाईजर उपलब्ध गराउनुभएको छ भने सिरुटार स्वास्थ्य चौकी, गुण्डु स्वास्थ्य चौकी ,गुण्डु प्रहरी प्रभाग र पत्रकार महासंघलाई प्रति संस्था २ सय थान माक्स, एक प्याकेट पञ्जा र एक थान सेनिटाईजर प्रदान गर्नुभएको छ ।
यसैगरी बालकोट स्वास्थ्यचौकी र समाज कल्याण क्लबलाई प्रति संस्था २ सय थानमाक्स,एक /एक प्याकेट पञ्जा उपलब्ध गराउनुभएको छ ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सामग्री प्रदान गरेको उहाँले बताउनुभयो ।
प्रमुखका प्रत्यासी कार्की सहित समाज सेवाको सोच भएका दधिकोटका युवा दिपेन्द्र केसी र बालकोटका सुमन कार्की तथा संजीव कार्कीले उक्त स्वास्थ्य सामग्रीको ब्यबस्था गर्नुभएको हो ।
यसले कोरोना भाइरसको संक्रमणबाट बच्न र संक्रमण भएको खण्डमा उपचार गर्नका लागि सहजहुने सामग्री प्राप्त गर्ने संस्थाका प्रमुख तथा प्रतिनिधिले बताउनुभएको छ ।
कार्कीकै नेतृत्वमा यस अघि बालकोट, दधिकोट र सल्लाघारीका ५ सय हुँदाखाने बिपन्न परिवारलाई राहत प्रदान गरिएको थियो ।
कार्कीले हरेक बर्ष आफ्ना पिता प्रजातन्त्रको योद्धा, समाजसेवीएवं नेपाली काँग्रेसका पूर्व नेता स्व. श्यामबहादुर कार्कीको नाममा स्थापित प्रतिष्ठान मार्फत सामुदायिक बिद्यालयका८६ जना निशुल्क पोशाक एवं स्टेशनरी सामान प्रदान गर्दै आउनु भएको छ भने सोही संस्थामार्फत रक्तदान कार्यक्रम पनि हरेक बर्ष संचालनगर्दै आउनुभएको छ ।











प्रतिक्रिया