घनश्याम बगाले, नवलपरासी ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले नगरक्षेत्रका बैंक तथा वित्तीय संस्थालाई बार अनुसार आलोपालोको नियममा रहेर संचालन गर्न भनेको छ ।
पालिकाले राजस्व सम्वन्धि काम गर्ने राष्ट्रिय बाणिज्य र कृषि विकास बैंकलाई हप्तामा ४ दिन, निबृत्ती भरण काम गर्ने एसविआई र प्रभू बैंकलाई हप्तामा ३ दिन संचालन अवधि तोकेको छ ।
यसै गरी अन्य विकास बैंक तथा वित्तीय संस्थाहरु विहान ११ बजे देखि दिउसो २ सम्म हप्तामा दुई दिनमात्र ३ घण्टाका लागि खुल्न पाउने भएकाछन् । ३ घण्टे समयावधि भने सबै बैंकहरुलाई समान रुपले लागु हुनेछ ।
नगरपालिकाको शुक्रबार बसेको विपत ब्यवस्थापन समितिको बैठकले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि भन्दै यो निर्णय गरेको समितिका संयोजक एवं नगर उप प्रमुख पे्रमशंकर मर्दनिया थारुले बताउनु भयो ।
समितिले बैंक तथा बित्तीय संस्थाहरुलाई बिना भिडभाड सामाजिक दुरी कायम गरेर बैंकिड.ग कारोवार गर्न र आफ्ना एटिएम बुथहरुमा अनवार्य सेनिटाईजरको ब्यवस्था गर्न भनेको छ ।
कावासोती नगरपालिकामा सदरमुकाम केन्द्रित विभिन्न विकास तथा बाणिज्य गरी ३० ओटा बैंकले आ आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा दिदै आएकाछन् ।











प्रतिक्रिया