चोरको बिगबिगी रोक्न कुकुर बडीगार्ड

0
Shares

लन्डन, (एजेन्सी) ।

लन्डनमा चोरहरु सक्रिय भएपछि हुगो लोरिसले सुरक्षित हुन१५ हजार पाउन्डमा दुई हफ्ताको बेल्जियन शेफर्ड (कुकुर) किनेका छन् ।

टोटनहामका उनका साथी खेलाडी डेले अलीलाई चोरहरुले चक्कु देखाएर लुटेपछि लोरिसले कुकुरलाई बडीगार्ड बनाएका हुन् । अलीसँगै उनका दाजु, साथी भएपनि घरैमा बुधबार लुटिएको थियो । उनीहरुको लाखौं पाउन्डका घडी र सिक्री चोरहरुले लुटेकाथिए । चोरले अलीलाई अनुहारमा मुक्का पनि मारेका थिए ।

लोरिसले उनका श्रीमती मारिन र तीन बच्चाहरुका लागि सुरक्षा दिन कुकुर पाल्नु परेको बताए । टोटनहामका गोलकिपरले भने—’टोलीका लागि खेल्न घरबाट बाहिर जाँदा उनीहरु सुरक्षित होस्, आजकल चोरी बढ्न थालेको छ । अलीको घरमा चोरी भएपछि सबै खेलाडी चिन्तित भएका छन् । कोरोना भाइरस चोरहरुका लागि सहि समय भएको हो कि? त्यसैले हामीले कुकुरलाई बडीगार्ड बनाएका हौं ।

बेलायती मिडियाले जनाएअनुसार प्रिमियर लिगमा धेरै जसो खेलाडीले लकडाउनको दौरान कुकुरलाई सुरक्षाको लागि राखेका छन् । म्यानचेस्टर युनाइटेडका आरोनवान बिसाका र जेसे लिन्गार्डले सुरक्षित हुन कुकुर पाल्न थालेका छन् । त्यस्तै युनाइटेडकै पउल पोग्बा र आर्सेनलका एलेक्सान्डर लाकाजेटले गतवर्ष कुकुर किनेका थिए ।