जिल्लाका सञ्चारकर्मीको कोरोना परीक्षण गरिने

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

कोरोना भाइरसको महामारीमा अग्रपक्तिमा रहि नागरिकहरुलाई निरन्तर सूचना प्रवाह गर्ने जिल्लाका संचारकर्मीहरुको कोरोना संक्रमण भए/नभएको परिक्षण गरिने भएको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको पहलमा पत्रकारहरुको पिसिआर र आरडिटी दुबै परिक्षण गरिन लागिएको हो ।

जिल्लामा अग्रपक्तिमा रहेर कार्य गर्ने सञ्चारकर्मीलाई आरडिटी र पिसिआरबाट परिक्षण गर्ने कमाण्डपोष्टका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय काभ्रेका प्रमुखडा. नरेन्द्र कुमार झाले बताउनु भयो । आवश्यकतानुसार कोभिड १९ सम्बन्धी प्रयोगशाला परिक्षण प्रोटोकल अनुसार तरकारी व्यापारी, फलफुल व्यापारी, घरदैलोमा सहभागी जनप्रतिनिधि र कर्मचारी, फोहोर मैला विसर्जन गर्ने कर्मचारी र संक्रमित जिल्ला र विदेशबाट आएका नागरिकको परिक्षण गरिनेछ । जेठ २ गते शुक्रबार कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरीय कमाण्डपोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले कोभिड १९ परिक्षणको लागि प्राप्त भएका मेडिकल किटहरुबाट जिल्लामा ड्युटीमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य अधिकृतसँगको समन्वयमा प्राथमिकताको आधारमा कोभिड १९ परिक्षण गर्ने निर्णय गरेको छ । जिल्लामा पिसिआर किट २ हजार ६ सय किट, आरडिटी १ हजार किटरहेको डा. झाले बताउनु भयो ।

संघ सरकारले एमएम ट्युव३ सय, फुलसेट पिपिई ५० थान, स्यानिटाईजर २० लिटर प्राप्त भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले बताउनु भयो । कोरोना परिक्षणका लागि जिल्लामा कार्यरत सबै ल्याब कर्मचारीहरुलाई परिचाल नगर्न सम्बन्धित पालिकाहरुलाई अनुरोध गर्ने साथै धुलिखेल अस्पतालले आउट रिच क्लिनिकमा कार्यरत ल्याब कर्मचारीलाई आरडिटी परिक्षण र स्वाबलिन आवश्यकतानुसार परिचाल नगर्ने र धुलिखेल अस्पतालमा प्रत्येक दिन स्वाब संकलन गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । समितिमा सहायक प्रमुख जिल्लाअधिकारी लक्ष्मीदेवी होमागाई खतिवडा, विष्णु दल गणका प्रमुख सेनानी सुबास खड्का, जिल्लाप्रहरी कार्यालय, काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविकुमार पौडेल, सशस्त्रप्रहरी बल नेपाल नं. १५ गण हे.क्वा.काभ्रेका प्रहरी उपरिक्षक पुरुषोत्तम थापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, काभ्रेका प्रमुख सरोज निरौला, स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुखडा. नरेन्द्र कुमार झा, धुलिखेल अस्पताल, काभ्र्रका प्रवक्ताडा. सुमन ताम्राकार रहनु भएको छ ।

दादुरा रुवेला अभियान शुरु

स्वास्थ तथा जनसंख्या मन्त्रालयले खोप सेवा सञ्चालन गर्दा अपनाउनु पर्ने मार्गदर्शन अपनाउँदै सामाजिक दुरी कायम राखी व्यक्तिगत सुरक्षा समेतलाई मध्येनजर गर्दै दादुरा रुबेला खोप अभियान शुरु गर्न निर्देशन दिए लगत्तै जिल्लामा दोश्रो चरणको दादुरा रुवेलाखोप अभियान शुरु हुने भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुखडा. डा. नरेन्द्रकुमार झाका अनुसार पहिलो चरणको दादुरा रुवेलाखोप अभियान लकडाउनको केहि दिनपछि सम्म संचालन भएको थियो । दोश्रो चरणको खोप अभियान शुरु गर्ने तयारीका साथ पालिकाहरुलाई अनुरोध गर्ने निर्णय भएको छ । त्यस्तै नयाँखोप रोटा तथा सरसफाई प्रवद्र्धन कार्यक्रम समेत सञ्चालन गर्न गराउन सबै पालिकाहरुलाई समितिले अनुरोध गरेको छ । नियमित खोप केहि दिनअघि देखि संचालन भएको छ ।

सातामा तिन दिन वित्तिय सेवा

कोरोना भाइरस (कोभिड १९) को संक्रमण तिव्र रुपमा फैलिरहेको सन्दर्भलाई मध्यनजर गरी जिल्लामा हप्ताभरि सञ्चालन भइरहेका बैङ्क तथा वित्तीय र सहकारी संस्थाहरुलाई साताको तिन दिन आइतबार, मङ्गलबार र शुक्रबार मात्र सञ्चालन गर्ने निर्णय भएको छ । बैक तथा वित्तिय संस्था संचालन हुँदा जिल्लामा संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरुले गुनासो गर्दै आएकाथिए । कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरीय संकट ब्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।