वातावरण विभागमा कार्यरत ३१ कर्मचारीमा कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका वातावरण विभागमा कार्यरत ३१ जना सफाई कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

शुक्रबार गरिएको आरडीटी परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । शुक्रबार ९३२ सफाई कर्मचारीको कोरोना परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

आरडीटी पोजेटिभ देखिएका उनीहरुको पीसीआर विधिबाट परीक्षण भएपछि मात्र कोरोना भए(नभएको पुष्टि हुने चिकित्सकले बताए । पुन परीक्षणका लागि उनीहरुको स्वाब संकलन सुरु गरिएको छ ।

कोरोना आशंका गरिएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।