लुकेर खोटाङ पुगेका दम्पती क्वारेन्टाइनमा

0
Shares

रामधन राई, खोटाङ । 

खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत दुईजना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । नगरपालिकामा कार्यरत एकजना कर्मचारी उदयपुर घरबाट नगरपालिका आउदै गर्दा उनलाई आधा बाटोसम्म लिन जानेलाई पनि क्वारेन्टाईमा राखिएको हो ।

क्वारेण्टाईनमा वस्ने कर्मचारींद्वय ४५ र २८ बर्ष उमेरको रहेको नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक प्रकाश घिमिरेले वताउनुभयो । उनीहरुलाई दुर्छिम स्वास्थ्य चौकीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । यसैविच, झापाबाट ओखलढुंगा, सल्ले हुंँदै लुकेर नगर भित्रिएका २९ वर्षिय श्रीमान र २८ वर्षिया श्रीमतीलाई पनि हलेसी स्वास्थ्य चौकीमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको स्वास्थ्य शाखा सह–संयोजक घिमिरेको भनाई छ ।

हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न स्थानका क्वारेण्टाईनमा निर्धारित १४ दिनसम्म राखिएको अन्य ३४ जनालाई भने घर पठाई सकिएको छ । हाल नगरपालिकाको क्वारेण्टाईनमा ९ जना रहेका छन् ।