लकडाउनमा पसल फोडेर मदिरा चोरी गर्ने एक पक्राउ

0
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

वैशाख २६ गते राति मकवानपुरको बकैया गाउँपालिका वडा–४, जुरेलीमा होमनाथ फुयाँलको आफ्नै घरमा रहेको फुयाँल किराना पसल र सप्लायर्स पसल फोडेर विभिन्न सामान चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।

रिचार्ज कार्ड, चुरोट, सिल प्याक मदिरा, साबुन, मन्जन, स्याम्पु, नरिवललगायत करिब १२ लाख ११ हजार मूल्य बराबरको चोरी भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतसमेतबाट खोजतलास गर्ने क्रममा बकैया गाउँपालिका वडा–५, भनौराबाट सोही स्थान बस्ने वर्ष १९ का दिपेश देउजालाई पक्राउ गरिएको हो ।

उनीसमेतले चोरी गरेको हुँदा उनलाई चोरी भएका सामानसहित पक्राउ गरी प्रहरी चौकी हात्तीसँढेबाट प्रहरी सहायक निरीक्षक कृष्णराज गौतमको कमाण्डमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याएको हो ।

उनलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने जनाइएको छ ।