लकडाउन थप्ने सरकारको तयारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

जेठ पाँच गतेपछि सरकारले लकडाउन थप्ने तयारी गरेको छ ।

शुक्रबार बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले जेठ पाँच गतेपछि स्वरुप परिवर्तन गरी लकडाउन लम्ब्याउने तयारी गरेको हो । स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको बैठकमा संक्रमणको सम्भावित जोखिम र लकडाउनको स्वरुप परिवर्तन गर्नेबारे छलफल भएको छ ।

समितिले उच्च जोखिम क्षेत्र, मध्यम जोखिम क्षेत्र र न्यून जोखिम क्षेत्रको पहिचान गरी नयाँ स्वरुप अनुसार लकडाउन लब्म्याउने तयारी गरिएको जनाएको छ ।

यस्तै, जापान र हङकङमा बस्दै आएका नेपाली नागरिकलाई चार्टड विमानमार्फत पठाउने निर्णय गरेको छ।