प्रशिक्षकको महँगो टुथपेस्ट

0
Shares

म्युनिख, (एजेन्सी) । 

क्वारेन्टाइन नियम तोड्दा बुन्देसलिगाको टोली असबर्गका प्रमुख प्रशिक्षकका लागि महगो साबित भएको छ ।

असबर्गका प्रमुख प्रशिक्षक हेइको हेरिचले केवल टूथपेस्ट किन्न गएका थिए । तर यही सानो कार्य उनको लागि महगो साबित भएको हो । उनले अब बुन्देसलिगा अन्तर्गत् भोलि हुने उनको टोलीको खेल हेर्न पाउने छैनन् । असबर्गले वोल्फस्बर्गविरुद्ध खेल्दैछ । खेलमा एक जना प्रशिक्षकलाई महगो साबित भएको छ ।

टोलीले यसै साता शुरु हुने जर्मन लिगका लागि तयारी गरिरहेको छ । उनीहरु सबै क्वारेन्टाइनमा पनि बसिरहेका छन् । ४८ वर्षीय हेरिचलाई १० मार्चमा मात्रै नियुक्ती दिइएको थियो । तर उनले आफ्नो नेतृत्वमा पहिलो खेल नै गुमाउने भएको छ ।

हेरिचले वक्तव्यमा बताएका थिए- ‘मैले होटेल छाडेर गल्ती गरेको थिएँ । मैले स्वास्थ्यको लागि गर्नुपर्ने सावधानी अपनाएको थिए । अब मैले मेरो टोली र समर्थकका लागि रोल मोडल भएर काम गर्न सक्ने छैनन् । आज मैले प्रशिक्षणमा पनि नेतृत्व गर्न पाइनेछैन र शनिबार वोल्फस्बर्गविरुद्ध मैले टोलीको नेतृत्व पनि गर्न पाउने छैन ।’

हेरिचले यसअघि भिडियोमार्फत्को पत्रकार सम्मेलनमा बताएका थिए—’मसँग टूथपेस्ट छैन र किन्न सुपरमार्केट गएको थिएँ । ‘