कालिमाटी तरकारी बजारमा ७ सय जनाको आरडीटी परीक्षण, ४ जनाको एन्टिबडी पोजेटिब

0
Shares

न्युज अफ नेपाल,काठमाडौं।

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको -यापिड डाइग्नोष्टि टेष्ट (आरडीटी) परीक्षणमा चार जनाको एन्टिबडी पोजेटिभ देखिएको छ ।

विहीबार सात सय जनाको आरडीटीबाट गरिएको परीक्षणमा चार जनाको रिपोर्ट पोजेटिभ आएको हो ।काठमाडौं महानगरपालिकाले आज (विहीबार) सात सय जनाको आरडीटी परीक्षण र तीन सय ३४ जनाको पीसीआर परीक्षण गरेको थियो ।

काठमाडौ महानगरले कालीमाटी तरकारी तथा फलफूल विकास समिति र इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय गरेर परीक्षण गरेको थियो । कालीमाटीमा सामान्य समयमा बजारमा हरेक दिन १० हजार बढी मानिसहरुको आवतजावत हुने गरेको जानकारी गराइएको छ ।