सिल गरिएको निदान हस्पिटल पुन: सञ्चालनमा

0
Shares

न्युज अफ नेपाल,ललितपुर।

पुल्चोकस्थित निदान अस्पताल सिल गरिएको एक दिनपछि पुन संचालनमा आएको छ । निदान अस्पतालको एम्बुलेन्स कोरोना संक्रमण प्रमाणित भएका सोही अस्पतालका एक कर्मचारीलाई भक्तपुर र टेकू अस्पताल लान ल्याउन प्रयोग गरेकाले चालकको ट्रेसिङ लिनका लागि प्रतिष्ठान र अस्पताल भित्र बाहिर कसैलाई आवत जावत नहोस भन्नका लागि विहानै देखि सुरक्षा निकायले पूर्ण प्रतिबन्ध लगाएको थियो ।

अस्पताल स्रोतका अनुसार सोही अस्पतालमा कार्यरत एक कर्मचारी सुनसरी घर गएर केही दिन अघि काठमाडौ फर्किई अस्पताल आउनु पूर्व पिसीआर परिक्षण गराउन निदानको एम्बुलेन्समा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू पुगी नमूना छोडी पुनः त्यहि एम्बुलेन्समा भक्तपुर फर्किएका थिए ।

उनलाई मंगलबारको रिपोर्ट पोजेटिभ आएपछि कन्ट्रयाक ट्रेसिङका लागि अस्पतालमा कसैलाई आवत जावत गर्न नदिएको र उनी अस्पतालको नर्स नभई लेखापाल रहेको अस्पतालले बिज्ञप्ति मार्फत् जनाएको छ ।

उक्त एम्बुलेन्स चालक र एक कर्मचारीलाई पिसीआर परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएपछि अस्पतालले बिहीबारदेखि नियमित संचालनमा आएको जनाएको छ ।

तस्वीर : उजोल डंगोल