त्रिवि शिक्षण अस्पतालमा एकैपटक ३८ जना डाक्टर र नर्स क्वारेन्टाईनमा

0
Shares

न्यूज अफ नेपाल,काठमाडौ ।

त्रिवि शिक्षण अस्पतालमा बैशाख ३० गते ईएनटी विभागमा भर्ना भएकी ६ बर्षिय बालिकामा कोरोना संक्रमण देखिएपछि एकैपटक ३८ जना डाक्टर, नर्स र कर्मचारी क्वारेन्टाईनमा राखी थ्रोड स्वाब संकलनको तयारी भैरहेको छ । परिक्षणको प्रकृया आजै पुरा गरिने अस्पतालले जनाएको छ ।

त्रिबि शिक्षाण अस्पतालको न्युरो सर्जरी वार्डमा राखी शल्यक्रियाको तयारी भैरहेकी ती बालिकामा कोरोना संक्रमण देखिए पछि अस्पतालमा बिहानै देखि निकै तनावको स्थिति सृजना भएको छ । बच्चामा कोरोना संक्रमण प्रमाणित भए लगत्तै अस्पतालको आकस्मिक बैठकले उपचारमा सम्लग्न चिकित्सक, नर्स तथा अरु सहयोगीहरुलाई क्वारेन्टाइनमा राख्ने र थप परीक्षण गर्ने निर्णय गरेको जनाएकोछ ।

एउटै अस्पतालमा यति ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुनै क्वारेन्टाईनमा बस्नुपर्ने अवस्थ नेपालमा पहिलो पटक सृजना भएको हो । त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमण पुष्टि भएकी बालिका र अन्य ५ बिरामीलाई छुटा छुट्टै आइसोलेसनमा र बालिकाको आफन्तलाई समेत क्वारेन्टाइनमा राखेर उपचार र परीक्षण शुरु गरेको छ भने । न्युरो वार्डलाई डिस इन्फेक्सन गर्दैछ ।

अस्पतालमा यतिबेला पहिलो चरणमा कन्ट्रयाक ट्रेसिङमा आएका ३८ जना चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी र आफन्तको स्वाब लिने र उनीहरुको रिपोर्टको आधारमा अन्य सम्पर्कमा आएकाहरुको पनि परिक्षण योजना बनाउने तयारी भएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्ण खड्गाले जानकारी गराउनुभयो ।