सर्वाेच्चद्वारा पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश

0
Shares

विकास भट्टराई, काठमाडौं ।

सर्वोच्च अदालतले कोरोना भाइरसबाट बच्नको लागि पीसीआर परीक्षणको दायर बढाउन सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले पीसीआर परीक्षणको दायर बढाउन सरकालाई अन्तरिम आदेश दिएको हो ।

नेपालमा पीसीआरको परीक्षण कम भएको उल्लेख गर्दै त्यसको दायरा फराकिलो बनाउनको लागि आदेश दिन माग गर्दै अधिवक्ता कलमबहादुर खत्रीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्वोच्चले दिएको अन्तरिम आदेशमा हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था भएको उल्लेख गर्दै तत्काल पीसीआर परीक्षणको दायरा बढाई सोको नहुने तर्फ आवश्यक पहल गर्न भनिएको छ ।

रिट निवेदकको तर्फबाट पदमबहादुर खत्री, कीर्तिनाथ शर्मा पौडेल, सन्तोष भण्डारी, नवराज पाण्डे र सुजन नेपालले बहस गर्नुभएको थियो ।