छेडेदह गाउँपालिकाद्वारा मजदुर र विद्यार्थीलाई राहत वितरण

188
Shares

दयाराम पण्डित, बाजुरा ।

विश्व कोरोना संक्रमणको चपेटामा परी अलपत्र परेका आफ्ना नागरिकलाई खप्तड क्षेडेदह गाउँपालिकाले खोेजी–खोजी राहात वितरण गरेको छ ।

खप्तड क्षेडेदह गाउँपालिकाका प्रतिनीधिमार्फत जिल्ला बाहिर रहेका काठमाडौं उपत्यकामा डेरा गरी बस्ने १ सय २० जना र धनगढीमा बस्ने ११२ मजदुर तथा विद्यार्थीलाई राहत वितरण गरेका हुन् ।राहात सामग्री गत सातादेखि देशका बिभिन्न्न भाग रहेका ब्यक्तीलाई वितरण गरिएको बताइएको छ ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका  विभिन्न स्थानमा बस्ने विद्यार्थी र मजदुरको डेरामै पुगेर राहत वितरण गरिएको खप्तड क्षेडेदह घरभई हाल काठमाण्डौं बस्ने ईन्जिनियर तालवहादुर रावतले जानकारी दिए । काठमाडौंको टोखा देखि कृर्तीपुर र भक्तपुरको सल्लाघारी सम्म डेरा डेरा पुुगेर राहात बांड्दैछु काठमाण्डौं बस्ने रावतले भने । एक परिवार वा एउटै कोठा–फ्ल्याटमा बस्नेलाई प्रतिपरिवार २० किलो चामल, २ किलो दाल, २ लिटर तेल र १ किलो नुनका दरले वितरण गरिएको उनले बताए । विद्यार्थी र मजदुरहरु टाढा–टाढा बस्ने भएकाले तीन दिनलगाएर राहत वितरण गरिएको हो । गाउँपालिकाको निर्णय अनुसार नै काठमाडौंमा रहेकालाई राहत वितरण गरिएको रावतले भने । गाउँपालिकाले निश्चित विद्यार्थी र मजदुरको नामावलीसहित राहत वितरणका लागि २ लाख ५० हजार पठाएको थियो तर, राहत लिनेहरु थपिएकाले राहतमा पनि केहि हेरफेर गरिएको हो- उनले भने ।

३६सय ६७ घरपरिवार मध्ये राहात सामाग्री वितरण मापदण्ड अनुसार ७७१ दलित पविारका सबैलाई राहात वितरण गरेको छ भने गैह्र दलतिमा अति गरिव, गरिव तथा मध्यम वर्गका अधारमा सबैलाई राहात वितरण गरेको खप्तड क्षेडेदह वडा नं ५ का वडा अधयक्षहर्क रावतले बताए।

“काम छोडेको दुुई महिना हुन लागेको छ । कोठाको रासन पनि सकिएको थियो । गाउँपालिकाले थोरै भएपनि खोजी  खोजी राहात वितरण गरेकोले स्थानीय सरकार छ भन्ने आवास भएको छ ।” खप्तड क्षेडेदह घरभई काठमाण्डौंमा दैनिक मज्दुरी गर्ने महिला  बिनिता बुढाले खुशी ब्यक्त गरिन्। “त्यस्तै खाद्यन्न अभावमा कोठामा भोकै बस्न बाध्य भएका  बिद्यार्थीका लागि गाउँपालिकाबाट राहात पाउँदा खुशी लागेको छ ।” खप्तड क्षेडेदह घरभइ खाठमाण्डौं पढ्ने विद्यार्थी भिमबहादुर रावलले भने ।

धेरै मान्छे कामको सिलसिलामा जिल्ला बाहिर छन् । लकडाउनका कारण घर आउन पाएनन् । जो जांहां छ, त्यही पुुगेर राहात  वितरण गर्न लगाएका छौं । वडा अध्यक्षको सफिारिस अनुसार स्वयंसेवक छनौट गरेको र गाउँपालिकाको कार्यपालिका बैठकले पारित गरेको कार्यविधी अनुसार राहात वितरण गरेका छौ । कोरोना राहत कोषमा पचास लाख रुपैंया छुुट्याउन कार्यपािलकाले नीतिगत ब्यबस्था गरेपछि सोही कोषवाट राहात वितरण गरिरहेका छौं । कती बजेट खर्च भयो विलभर्पाई आएपछि था हुन्छ । खप्तड क्षेडेदह गाउँपालिकाका अध्यक्ष नरवहादुर रावतले भने ।

धेरै मान्छे कामको  सिलसिलामा जिल्ला बाहिर छन् । लकडाउनका कारण घर आउन पाएनन् । जो जांहां छ त्ययही राहात वितरण गर्न सम्बन्धित वडा अधयक्षको सिफारिस अनुसार स्वयंसेवक छनौट गरेको छ । अध्यक्ष नरवहादुर रावतले भने । एक महिना लगाएर आफ्नो गाउँपालिका भित्रका प्रत्येक नागरिकको लगत संकलन गरेको हो गाउँपालिकाभित्र , जिल्लामा बस्ने र जिल्लावाहिर वसेका सबैकोको तथ्यांक उपलब्ध भएपछि उनलाई खोजीखोजी राहात वितरण गरेका हुन् ।

‘केही ब्यक्तीले नगद राहात दिएमात्र बुुझ्ने अडान लिएका छन् । यद्येपी राहात वितरणमा नगद बांड्ने भन्ने ब्यबस्था छैन। सामाग्रीनै बांड्ने हो ‘-उपाधयक्ष कुन्ती बुढाले भनिन् ।

गाउँपालिकाले काठमाडौंका लागि थुमराज उपाध्याय, मंगल नेपाली, चेत थापा, भीम रावत, नरेश धामी, चन्द्र रावत र श्याम बुढालाई जिम्मेवारी तोकेको थियो भने धनगढीका लागि उपाध्यक्ष कुन्ती बुढा र वडानं सातका वडाअध्यक्ष खगेन्द्र रावतलाई खटाइएको अध्यक्ष रावतले बताए ।

यतिवेला बाजुराका नौ वटै स्थानीयतहले जिल्ला बाहिर रहेका आआफ्ना नागरिकलाई राहात स्वरुप  नगद तथा राहात सामाग्री वितरण गर्न थालेका छन् । केही दिनयता जिल्ला  बाहिरवाट बाजुरा आउनेको संख्या भने घटेको छ। यद्येपी किट लगायत स्वास्थ्य परिक्षण सामाग्री नहुुदा दुुइ हप्तायता चेकजांचै नगरी क्वारेन्टाइनवाट सिधै घर पठाउन थालिएको छ ।