नवलपरासीका एक जनामा कोरोना संक्रमण भेटिएको पुष्टि, संक्रमितको संख्या २ सय ४६ पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नवलपरासी पूर्वका एक जनामा कोरोना संक्रमण भेटिएको छ ।

नवलपरासी पूर्वको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।