पर्सामा भेटिएका तीन कोरोना संक्रमितमध्ये एक नर्स

0
Shares

न्युज अफ नेपाल, पर्सा ।

बुधबार पर्सामा भेटिएका तीन जना कोरोना संक्रमितमध्ये एक जना नर्स रहेको खुलेको छ । संक्रमित उनी नारायणी अस्पतालमा कार्यरत नर्स रहेकी छन् ।

नर्स लगाएत तीनै जनालाई सिद्धार्थ माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको आइसोलेसन बेड खाली नभएपछि थप संक्रमितलाई विद्यालयको क्वारेन्टाइनमा राखिएको हो । हाल अस्पतालको आइसोलेसनमा ७० जना संक्रमित छन् भने २० जना संक्रमित क्वारेन्टाइनमा छन् ।

बुधबार अस्पतालबाट भागेका दुईजना संक्रमित सम्पर्कमा आएका छन् ।