कोरोना संक्रमितलाई जिल्ला अस्पताल ल्याइयो

0
Shares

घनश्याम बगाले, नवलपरासी ।

पश्चिम नवलपरासीका पहिलो कोभिड १९ संक्रमित ३६ वर्षीय युवालाई जिल्ला अस्पतालको आईसोलेसनमा राखिएको छ ।

पांच दिन अघि भारतबाट सिमावर्ती धर्मौली मटरा नाकाबाट प्रतापपुर ५ बैदौली गाउं छिरेका उनलाई स्थानीयले तुरुन्तै क्वारेन्टाईनमा पठाएका थिए ।

स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमले संकलन गरी पठाएका १ सय ७३ स्वाव नमूना मध्ये उनमा बुधबार कोभिड १९ संक्रमण देखिएको हो ।

जिल्ला अस्पताल पृथ्वीचन्द्रमा गए राती देखि नै राखिएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बाताउनु भयो ।

भारतको दिल्ली स्थित एक गार्मेन्ट उद्योगमा सिलाई कटाईको काम गर्ने उनी नेपाल आए पछि उनको सम्पर्कमा आएको आशंका गरिएका अन्य ३ जनालाई पनि क्वारेन्टाईनमा राखिएको छ ।

सिमावर्ती सुस्ता, प्रतापुर लगायतका गाउं पालिकाहरुमा भारतबाट मानिस भित्रन थाले पछि क्वारेन्टाईनमा बेडको संख्या बढाउनु पर्ने स्थिती बन्दै गएको छ ।

प्रतापुर गाउं पालिकामा रहेको त्रिभुवन मावि भवनमा रहेको क्वारेन्टाईनमा ३९ जना छन भने हालै थप गरिएको जन जागृति विद्यालयमा २४ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

दशगजा क्षेत्रका ७८ जना अलपत्र नेपालीलाई नेपाल प्रवेश गराउदा सुस्ता गाउं पालिकाले दुई वटा क्वारेन्टाई थप्नु परेको अध्यक्ष राम प्रसाद पाण्डेले बताउनु भयो ।