पकाएको वा खाद्य सामग्री आफूखुशी वितरण नगर्न निर्देशन

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाले लकडाउन जारी रहेको अवस्थामा कुनैपनि संघसंस्थालाई पकाएको खाना वा खाद्य सामग्री वितरण नगर्न निर्देशन दिएको छ ।

वितरण गरेको पाइएमा वितरण गर्नेलाई कडा कारबाही गर्ने महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लकडाउनका कारण सिर्जित अवस्थाले कोही पनि भोकै बस्न नपोस् भन्दै अहिले महानगरले न्यूनतम राहतको रुपमा दाल चामल वितरण गरिरहेको छ ।

यस अघि दैनिक ज्याला मजदुरी गर्ने, विपन्न, गरीब र विपन्नलाई बिहान बेलुका सामूहिक भोजन ९ मेस०को आयोजना गरेको छ । लकडाउन सुुरु हुने बित्तिकै महानगरपालिकाले विपन्न, गरीब, मजदुरी गर्नेलाई राहत सामग्री स्वरुप दाल ,चामल, चिउरा, नून, तेल वितरण गरिएको थियो ।

राहत सामग्री जी टु जी प्रक्रिया मार्फत साल्ट टेड्रिड कर्पोरसनबाट खरिद गरिएको महानगरले जनाएको छ ।