कोरोना संक्रमण पुष्टि भएसँगै भक्तपुरका दुई बस्ती सिल

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर।

कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरीले दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ ।कोरोना सङ्क्रमित महिला बसेको शंखधरचोक स्थित बस्तीमा आज प्रहरीले सिल गरेको हो ।महानगरीय प्रहरी परिसर भक्त प्रहरी उपरीक्षक प्रधानले करिब २० घर रहेको उक्त बस्तीलाई शिल गरेर नेपाल प्रहरीके सुरक्षा गस्ती खटाईएको जानकारी दिनुभयो । सिल गरेको बस्तीमा कसैलाई आउन र जान दिएको छैन ।

भक्तपुरको सुन्दरचोकदेखि शंखधर चोकसम्म मानिसहरुलाई हिडडुलमा रोक लगाइएको छ ।संक्रमित बस्दै आएको क्षेत्रका बासिन्दाको ट्रेसिङ समेत शुरु गरिएको मध्यपूर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।त्यसैगरी सङ्क्रमित शसस्त्र प्रहरी बस्दै आएको दुवाकोटको घरमा पनि सिल गरिएको छ । बस्तीभन्दा अलि पर रहेकाले एक घरलाई मात्रै सिल गरि शसस्त्र प्रहरीले सुरक्षा दिईरहेको उहाँले जानकारी दिनुभयो । उहाँको परिवारको पनि स्वाब संकलन र परीक्षणका लागि आजै टेकु अस्पताल पठाएको छ ।

भक्तपुरमा कार्यरत ती नर्स सुनसरीबाट आएर साथीको कोठामा यहाँ आएर बसेकी थिइन् । प्रहरीले दुवै जनाको ट्राभल हिस्ट्री पत्ता लगाएर कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको जनाएको छ ।

संक्रमित भेटिएका दुबै घरका मानिस र आसपासका समेतलाई निगरानीमा राखीएको छ ।दुबैको परिवार र सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । अहिले संक्रमित दुवै जनाको यात्रा विवरण संकलन गर्ने र उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।