छाङरुमा पहिलो पटक सशस्त्र प्रहरीको बिओपी स्थापना

0
Shares

किरन धामी,दार्चुला ।

दार्चुलाको उत्तरी सिमा क्षेत्र ब्याँस गाउँपालिका‐१ मा पर्ने छाङरुमा सशस्त्र प्रहरी बल नेपालको बिओपी स्थापना गरिएको छ । ६ महिना मात्रै राज्यको उपस्थिति हुने सो क्षेत्रमा बाह्रै महिना बस्ने गरी पहिलो पटक सशस्त्र प्रहरीकोे बिओपी स्थापना भएको हो । बिओपी स्थापनाका लागी बन्दोबस्ती सहितको सशस्त्र प्रहरीको टोली सेनाको हेलिकप्टर मार्फत छाङरु पुर्याइएको हो ।

भारतले नेपाली भुमी कालापानी, लिपुलेक हुँदै तिब्बतको कैलाश मानसरोबर सम्म जाने सडक निर्माण गरे पछि सिमा रक्षाका लागी सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाबाट २५ जनाको टोली खटिएको हो । सशस्त्र प्रहरीका एआइजी नारायणबाबु थापा, सशस्त्र प्रहरी नम्बर ७ बाहिनीका डिआइजी हरिशंकर बुढाथोकी र गृहमन्त्रीका सुरक्षा सल्लाहकार प्रा.डा.ईन्द्रजित राई, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल समेतले सो क्षेत्रको अवलोकन निरिक्षण समेत गर्नु भएको हो ।

सशस्त्र प्रहरी निरिक्षक लिलिबहादुर चन्दको कमाण्डमा छाङरुमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टले जानकारी दिनुभयो । छाङरुमा बाह्रै महिना सशस्त्र प्रहरी बस्ने गरी बिओपी स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी अहिले छाङरुका एक स्थानियको घर भाडामा लिएर बसेको गुल्मपति बिष्टले बताउनुभयो । भारतले मिचेको नेपाली भुमी कालापानीबाट करिब १२ किलोमिटर वरै छाङ‌रुमा बिओपी स्थापना गरिएको हो । विगत देअी ६ महिना मात्रै राज्यको उपस्थिति रहने सो क्षेत्रमा बाह्रै महिना सिमा रक्षाका लागी सुरक्षाकर्मी बस्ने गरी भौतिक पुर्वाधार निर्माण गरिने दार्चुला प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।