कोरोना फैलन सक्ने भन्दै तरकारी बेच्न पनि प्रतिबन्ध

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

एक जनामा कोरोना संक्रमण देखिएपछि काठमाडौं भेटिएपछि काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ को कार्यालयले तरकारी बिक्रीमा प्रतिबन्ध लगाएको छ । मंगलबार वडाको मच्छेगाउँमा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि वडामा बसेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र वडा समितिको बैठकले सार्वजनिक स्थलमा तरकारी बेच्न, गाडीमार्फत तरकारी र फलफूल बिक्री गर्न पनि रोक लगाएको छ ।

वडाध्यक्ष देवेन्द्र महर्जनले सूचना जारी गरी निर्माण सामग्री ढुवानीमा पनि पूर्ण रुपमा रोक लगाएको छ । वडा कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, निस्कनै परे मास्क लगाएर निस्कन र कुनै पसलमा जाँदा सामाजिक दूरी कायम गराउन पनि आग्रह गरेको छ ।