बाँकेमा भेटिए एक जना कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा बुधबार एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ ।