मानव अधिकारकर्मी पहाडीसहित ५१ पक्राउ

0
Shares

काठमाडौं ।

लिपुलेक क्षेत्र अतिक्रमण गरेर भारतले सडक बनाएको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गर्न पुगेका मानवअधिकारकर्मी कृष्ण पहाडीसहितका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘लकडाउन’ उल्लंघन गरेकाले उनीहरुलाई नियन्त्रणमा लिएर नगर प्रहरीमा राखिएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा पहाडीसहित लकडाउन उल्लंघन गर्ने ५१ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनीहरुलाई दिनभर राखेर छाडिने जनाइएको छ ।

केही दिनअघि भारतले सीमा अतिक्रमण गरेको विरोधमा उत्रिएका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का विद्यार्थी नेतासहित ३३ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । विभिन्न क्षेत्रमा सीमा अतिक्रमणको विरोध भइरहेको छ ।

सरकारले सडक बनाएको विषयमा ‘कूटनीतिक नोट’ पठाउँदै शान्तिपूर्णरुपमा विवाद समाधानका लागि भारतलाई आह्वान गरेको छ । सरकारले उक्त क्षेत्र नेपालको भूमि भएको प्रस्ट पारिसकेको छ ।