पत्रकारलाई मास्क र स्यानिटाइजर वितरण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

शिक्षा, स्वास्थ्य, कृषि र लैंगीक समानताका विषयमा काम गरिरहेको प्रारम्भ संस्था र आनि छोइङ डोल्मा फाउन्डेसनले आज नेपाल समाचारपत्रमा कार्यरत पत्रकारलाई मास्कसहित स्यानिटाइजर वितरण गरेको छ ।

प्रारम्भ संथाका अध्यक्ष कल्पना क्षेत्री, प्रो.डाइरेक्टर बद्रीराज तिमल्सिना र आनि छोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष आनि छोइङ डोल्माको उपस्थितिमा पत्रकारलाई सामाग्री वितरण गरिएको हो ।

सन् २०१२ मा फिल्ड कार्यक्रममा लागेको उक्त संंस्थाले विद्यालय निर्माण, राहत वितरण, स्वास्थ्य चौकी भवन निर्माण, छात्रवृति वितरण जस्ता विभिन्न सामाजीक कार्यहरु गर्दै आएको छ । हाल विश्वभर फैलिरहेको कोरोना महामारीका कारण लकडाउनको चपेटामा परेका विपन्न परिवारलाई समेत यस संस्थाले राहत वितरण गरिरहेको छ ।

उपत्यकाका विभिन्न सरकारी अस्पताल र नेपाल प्रहरी अस्पतालमा पीपीइसहित विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको संस्थाका डाइरेक्टर तिमल्सिनाले बताएका छन् । अहिलेको परिस्थितिमा विशेष गरी पत्रकार कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले फोटो पत्रकार महासंघलगाएत विभिन्न सञ्चारमाध्यमलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको उनले बताए ।