‘स्वास्थ्य क्षेत्रमा क्रियाशील नर्सहरुको भूमिका अत्यन्त उच्च’

0
Shares

भगवती तिमल्सिना, काठमाडौँ ।

विश्व नर्स दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नर्सिङ पेशामा क्रियाशील सम्पूर्ण नर्सहरुलाई पार्टीगत तथा व्यक्तिगत तर्फबाट सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

सभापति देउवा भन्नुहुन्छ– ‘मुलुकमा अहिले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको कारणबाट उत्पन्न अत्यन्त कठिन र संवेदनशील घडीमा छ । यतिबेला स्वास्थ्य क्षेत्रमा क्रियाशील नर्सहरुको भूमिका अत्यन्त उच्च रहेको हुन्छ । आफ्नो घर परिवारलाई एकातिर छाडेर अत्यावश्यक स्वास्थ्य सामग्रीहरुको अभावका बीच पनि उच्च मानवीय भावनाका साथ सीमित स्रोत र साधनको उच्चतम सदुपयोग गर्दै स्वाथ्योपचारको क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरुलाई विश्व नर्स दिवसको अवसरमा म उच्च सम्मान व्यक्त गर्दछु ।’

कोरोना महामारीको यो अप्ठ्यारो समयमा निरन्तर संक्रमितको उपचार र हेरचाहमा अहोरात्र खटिनु भएका नर्सहरुलाई पर्याप्त स्वास्थ्य सामाग्री उपलब्ध गराउन र उहाँहरुको मनोवल उच्च राख्न नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको
छ । विश्व नर्स दिवसको अवसरमा पनि सरकारको पुनः ध्यानाकर्षण गराउँदै नर्सिङ क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरुमा पुनः शुभकामना व्यक्त गर्दछु ।