सिरहामा एक पुरुषको विभत्स हत्या, टाउको काटिएको अवस्थामा शव भेटियो

0
Shares

महेश सिंह, सिरहा ।

सिरहाको लहानमा टाउको नभएको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

लहान नगरपालिका १७ बस्ने ३७ वर्षीय सुस्त मनस्तिथि भएका सफिद मियांको शव भेटिएको छ । विगत केहि दिन अगाडिदेखि मुस्लिम धर्मावलम्बीहरुको रमजान पर्व चल्दै छ। सफिद साँझ रोजा ब्रत खोलेर राति १० बजेको समयमा परिवारहरुसंगै घरमा सुतेको थियो ।

बिहानको २ बजे ब्रत बस्न सेहरी० खान उठेको बेला सफिद ओछ्यानमा नभेटिएपछि परिवार सदस्यले मियां शौच गर्न गएको अनुमान लगाएका थिए । तर निकै समय बित्दा समेत उनी घर नफर्किएपछि परिवारले खोजि निति गरेका थिए । केही समयपछि मियाँको घरदेखि केही दुरीमा रहेको पोखरी नजिक टाउको काटिएको अवस्थामा शव फेला परेको थियो । शव फेला परेको स्थान घरदेखि करीब ७५ मिटरको दूरीमा रहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरद कुमार क्षेत्रीले जानकारी दिए ।

डिएसपी क्षेत्री र शस्त्र प्रहरी वेस क्याम्प लहानका डिएसपी अर्जुन प्रसाद सापकोटा नेतृत्वको टोलि घटना स्थलमा पुगेका थिए । शरीर भेटिए पनि उनको टाउको भने भेटिएको छैन । टाउकोसहित घटनाको थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।