सीमानाकामा अलपत्र नागरिकलाई तत्काल उद्दार गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0
Shares

यमलाल भुसाल, बुटवल ।

सरकार वाहिर रहेका रुपन्देहीका राजनीतिक दलले सीमा क्षेत्रमा अलपत्र नागरिकलाई उद्धार गर्न सरकारसंग माग गरेका छन ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्व तथा विभिन्न राजनीतिक दलको उपस्थितिमा सोमबार भैरहवामा सम्पन्न सर्वदलीय बैठकले अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश ल्याउनेतर्फ सरकारले जिम्मेवारी पुरा नगरेको निष्कर्ष निकाल्दै ततकाल उद्धार गन माग गरेका छन ।

अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश ल्याउनेतर्फ सरकारले जिम्मेवारी पुरा नगरेको आरोप समेत लगाएका छन । नेपाल भारत सीमामा तथा विदेशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश ल्याउनुपर्ने उनीहरुले माग गरेका छन् । उनीहरुले सीमामा अलपत्र नागरिकलाई आधिकारिक बाटो खोलेर स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राख्न सरकारसंग माग गरेका छन् ।

खासगरी नेपाल भारत सीमा खुल्ला भएकोले हजारौं नेपालीहरु अलपत्र रहेकाहरु लुकीछिपी नेपाल प्रवेश गरिरहेकोले नेपाल सरकार नागरिकप्रति जिम्मेवार भई विदेश तथा भारतको सीमानामा अलपत्र परेका नागरिकलाई उद्दार गर्नुपर्ने बैठकले ठहर गरेको हो ।

रुपन्देहीको सीमावर्ति क्षेत्रमा १ हजार ४ सय बढी नेपाली अलपत्र रहेका छन । ति मध्ये केही क्वारेन्टाईनमा रहेका छन भने आधा भन्दा बढी सडक किनारामा अलपत्र अवस्थामा रहेका छन । सीमा क्षेत्रमा रहेका नेपालीका अवस्था अत्यन्त दयनिय रहेको छ ।
त्यस्तै बैठकले कोरोना भाइरसको संक्रमणले गर्दा मुलुक लकडाउ उक्त रहेकाले किसानलाई मलखाद, बिउबिजन अविलम्ब उपलब्ध गराउनुपर्ने माग गरेको छ ।

बैठकमा जनता समाजवादी पार्टीका राम अवतार यादव, अजय वर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही अध्यक्ष सागर प्रताप राणा, ताहिर अली, ने.क.पा (क्रान्तिकारी माओवादी) का मोजिब अलि, राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेम कुमार थापा, राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ता, देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य टिपु सुल्तान, राप्रपा रुपन्देही युवा संगठनका सभापति शंकर खत्री, नेपाली कांग्रेस जिल्ला सचिव रामकृष्ण खांण, जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, कांग्रेस तिलोत्तमा–१४ वडा सचिव प्रेम बहादुर थापा, जनता समाजवादी पार्टीका मोहन लाल यादव र सन्तोष कुमार दुवेको उपस्थिति रहेको थियो ।

त्यस्तै बैठकले सन् १८१९ को सुगौली सन्धिबाट महाकालीपूर्व लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भुभाग हुन भन्ने प्रमाणित हुँदाहुँदै भारतले नेपाली भुभागलाई विवादित बनाई अहिले बाटो निर्माण गरी उद्घाटन गरेकोप्रति आपत्ति जनाएको छ ।

यसैबीच रुपन्देहीका राजनीतिक दलहरुले विदेश तथा नेपाल भारतको सीमामा अलपत्र नागरिकहरुलाई उद्दार गर्नुपर्ने सहित ४ बुँदे माग राख्दै प्रधानमन्त्री केपी. ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।